आइतबार ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आइतबार ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ १३ मंसिरमा बुक क्लोज गर्ने भएको छ। 

यसर्थ, १२ मंसिरसम्म नेप्सेमा कायम शेयरधनीले साधारणसभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी २७ मंसिरमा साधारणसभा आह्वान गरेको छ। सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुनेछ। 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र तीन दशमलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव छ।

Skip This
Skip This
Logo