एमालेमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थपेर सर्वसम्मत गर्ने निर्णय

एमालेमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थपेर सर्वसम्मत गर्ने निर्णय

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप्ने निर्णय भएको छ। शुक्रबार अबेर राति सौराहस्थित होटल जंगल क्राउनमा बसेको अन्तिम केन्द्रीय समिति बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म पदहरु बढाएर सर्वसम्मतरुपमा एकताको महाधिवेशन बनाउने निर्णय गरेको हो।  

'अब सर्वसम्मत नहोला भन्न सकिन्न। हिजोको तुलनामा आज सम्भावना बढ्यो । ठ्याक्कै भन्न सकिन्न। केन्द्रीय कमिटीले सर्वसम्मत नेतृत्व चयनको आग्रह गरेको छ। तर यो प्रतिनिधिको अधिकारको कुरा हो । आजको निर्णयले एमालेबाट सहमतिको बाटो खोलेको छ । कोसिस त्यो ढंगले हुन्छ,' बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने । 

निर्णयअनुसार अब एमालेमा केन्द्रीय समिति ३०१ सदस्यीय हुनेछ । त्यसैगरी ९९ सदस्यीय पोलिटब्यूरो गठन हुनेछ । स्थायी कमिटी ४५ सदस्यीय नै यथावत रहनेछ । पदाधिकारीतर्फ १९ जना हुनेछ । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव हुनेछन्।

'अहिलेको आवश्यक हेर्दा २२५ नपुग्ने भएको, नयाँ अनुहार ल्याउन, पूराना साथीहरुको योग्यता क्षमताअनुसार काम गर्ने अवसर कायम गर्ने र नयाँलाई पनि आउने वातावरण बनाउन थप गरेर ३०१  बनाउने निर्णय भएको हो,' भट्टराईले भने। केन्द्रीय कमिटीको एकतिहाइ पोलिटब्यूरो हुने उनले बताए। 

विधान महाधिवेशनबाट पारित विधान हेरफेर गरिएको भट्टराईले जानकारी दिए। विधान संशोधन प्रस्ताव बन्द सत्रमा प्रस्तुत गरिने उनले बताए । 

अन्तिम केन्द्रीय समिति बैठकले आयोगहरुको संख्या पदाधिकारीसहित १५ रहेकोमा बढाएको छ । भट्टराईकाअनुसार अनुशासन लेखा र निर्वाचन आयोगको पदाधिकारीसहित अब २५ सदस्यीय हुनेछ।  

एमालेको शनिबार बिहान १० बजे बन्दसत्रको कारवाही सुरु हुनेछ । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ।

Skip This
Skip This
Logo