काठमाडौं कांग्रेसको सभापतिमा बानियाँ र कार्कीबीच दोस्रोपटक प्रतिस्पर्धा

काठमाडौं कांग्रेसको सभापतिमा बानियाँ र कार्कीबीच दोस्रोपटक प्रतिस्पर्धा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ। काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको हो ।

काठमाडौंमा बहालवाला जिल्ला सभापति कृष्ण सबुज बानियाँ र उपेन्द्र कार्कीबीच यसपटक पनि प्रतिस्पर्धा हुने भएको छ। १३औं महाधिवशेनमा पनि बानियाँ र कार्कीबीच नै सभापतिमा प्रतिस्पर्धा भएको थियो। 

संस्थापन पक्षका कार्कीलाई पराजित गरी प्रकाशमान सिंह निकट बानियाँ विजयी भएका थिए । बानियाँले शनिबार नेताहरू प्रकाशमान सिंह र गगनकुमार थापाको उपस्थितिमा उम्मेदवारी घोषणा गरेका छन् । 

Logo