गुल्मीका तीन तहमा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

गुल्मीका तीन तहमा माओवादी केन्द्रको अधिवेशन सम्पन्न

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्र गुल्मीले तीन स्थानीय तहमा गाउँ कमिटी विस्तार गरेको छ। जिल्लाको मुसिकोट नगरपालिका, छत्रकोट र गुल्मीदरवार गाउँपालिकाको गाउँ अधिवेशन सम्पन्न भएका हुन्।

मुसिकोट नगरपालिकामा दुर्गा विकको अध्यक्षतामा ५१ सदस्य कमिटी निर्माण गरिएको छ। कमिटीको उपाध्यक्षमा प्रेमबहादुर खड्काथोकी, रोमाकान्त खरेल र चन्द थापा छन्। सचिवमा युवराज खरेल, सहसचिवमा प्रकाश चालिसे र कोषाध्यक्षमा दिपम खराल रहेको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए।

छत्रकोट गाउँपालिकामा लोकनाथ पाण्डेयको अध्यक्षतामा ४९ सदस्य कमिटी गठन गरिएको छ। कमिटीको उपाध्यक्ष रामचन्द्र कँडेल, रामप्रसाद पाण्डेय र तारापति ज्ञवाली छन्। सचिवमा सरोज पाण्डेय, सहसचिव भागवत गिरी र कोषाध्याक्ष इन्दिरा पाण्डेय रहेको माओवादी केन्द्र गुल्मीका संयोजक वीर बहादुर कार्कीले जानकारी दिए।

गुल्मी दरवार गाउँपालिकामा पुनाराम ज्ञवालीको अध्यक्षतामा ४९ सदस्य गाउँकमिटी विस्तार गरिएको छ। कमिटीको उपाध्यक्षमा शेरबहादुर सरतुंगी, झकबहादुर विक र यमबहादुर पाण्डेय छन्। सचिवमा राजन रेश्मी, सहसचिवमा कमलप्रसाद कँडेल र कोषाध्यक्ष शिला सरतुंगी रहेको कार्कीले बताए।

Skip This
Skip This
Logo