कास्की कांग्रेस सभापतिमा पराजित तीन उम्मेदवारको समर्थन सुदीप भट्टराईलाई

कास्की कांग्रेस सभापतिमा पराजित तीन उम्मेदवारको समर्थन सुदीप भट्टराईलाई

केन्द्रबिन्दु
0
Shares

कास्कीमा सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । पहिलो चरणमा कसैले पनि बहुमत नल्याएपछि धेरै मत ल्याएका दुईजनाबीच प्रतिस्पर्धा भएको छ ।

शुक्रवार भएको मतदानबाट पहिलो नम्बरमा किशोरदत्त बराल र दोस्रो नम्बरमा सुदीपमोहन भट्टराई परेका छन् । कांग्रेस विधानमा ५० प्रतिशत मत ल्याउने उम्मेदवार मात्रै सभापति निर्वाचित हुने व्यवस्था छ ।

शुक्रवार पराजित भएका अरू तीन उम्मेदवारले भट्टराईलाई सहयोग गर्ने भएका छन् । उनीहरूले मतदानअघि विज्ञप्ति निकालेर आफ्ना समर्थकसँग पनि भट्टराईको पक्षमा मत मागेका छन् ।

बराल केन्द्रमा सभापति शेरबहादुर देउवा निकट हुन् भने भट्टराई पौडेल पक्षका । पराजित अन्य तीन उम्मेदवार पनि पौडेल निकट थिए ।

पहिलो चरणको निर्वाचनमा आईबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरिराज गौतम बाहिरिएका हुन् । पहिलो बनेका बरालले ६ सय ४४ मत प्राप्त गर्दा दोस्रो भएका भट्टराईले चार सय ७२ मत प्राप्त गरेका थिए । पराजितहरूको समर्थनले भट्टराई कास्की कांग्रेसको सभापति बन्ने सम्भावना देखिएको छ ।

Logo