पदाधिकारीमा कुरा मिल्यो भन्ने अवस्थाउन्मुख छौं: प्रदीप ज्ञवाली

पदाधिकारीमा कुरा मिल्यो भन्ने अवस्थाउन्मुख छौं: प्रदीप ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले दिनभरको आफूहरूको छलफल कुरा मिल्यो भन्ने अवस्था उन्मुख रहेको बताएका छन् 

कमिटीको सर्वसम्मत सूचीका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर निस्कने क्रममा ज्ञवालीले छलफल सकारात्मक रहेको बताएका छन्।

सञ्चारकर्मीले राखेको जिज्ञासामा ज्ञवालीले भने, 'हामी कुरा मिल्यो भन्ने अवस्थामा छौं। अहिले यत्ति भनौं।'

नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। यसअघि माइकिङ गरेर बेलुकी ७ बजे सुरु हुने भनिएको बन्दसत्र अब ८ बजे सुरु हुने भनिएको थियो। तर, साढे ८ बजिसक्दा पनि बन्दसत्र सुरु हुन सकेको छैन।

Logo