केन्द्रीय कमिटीमा नअटाएपछि बन्दसत्रमा देखिएनन् एमाले सचेतक विशाल भट्टराई

केन्द्रीय कमिटीमा नअटाएपछि बन्दसत्रमा देखिएनन् एमाले सचेतक विशाल भट्टराई

केन्द्रबिन्दु
0
Shares

१०औँ महाधिवेशनबाट चयन हुने तीन सय एक जना केन्द्रीय कमिटीको सूचीमा एमाले प्रमुख सचेतक विशाल भट्टराई अटाउन सकेनन् । 

निवर्तमान अध्यक्ष केपी ओलीले बन्दसत्रमा पेस गरेको सूचीमा नाम नपरेपछि उनी महाधिवेशन स्थलमा देखिएका छैनन् । उनी खुल्ला र भूगोल दुवै क्षेत्रबाट सूचीमा परेका छैनन् । 

कार्यालय सचिवका हैसियतमा केपी ओलीलाई नजिकबाट सघाइरहेका भट्टराई नअटाएपछि उनी बन्दसत्रस्थलमा देखिएका छैनन् । 

ओलीको सूचीमा प्रदेश १ भूगोलबाट तिलकुमार म्याङ्बो, टंक आङबोहाङ, विनोद ढकाल, किशोर अधिकारी, वसन्त नेम्वाङ र राजेन्द्र राई अटाएका छन् । न्युज कारखाना

Logo