सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बस्ने घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्ने बताएकी छन् ।
सोमबार पुलचोक इन्जिनियरिङ क्याम्पसले आयोजना गरेको रेट्रोफिटिङ परीक्षण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । मन्त्री झाँक्रीले नेपाल प्राकृतिक प्रकोप भूकम्प,बाढी पहिरो जस्ता समस्याले जोखिममा रहेको बताइन् । उनले अहिले पनि नेपालको जनसख्याको ठूलो हिंसा भूकम्प जस्ता प्राकृतिक प्रकोपको जोखिम स्थानमा बसोबास गरिरहेको बताइन् । शिक्षालयहरूले जोखिम न्यूनीकरण गराउने जागरण ल्याउने गरी काम गर्न सके प्राकृतिक विपत्तिबाट हुने क्षतिलाई कम गर्न सकिने उनको जिकिर रहेको छ ।
मन्त्री झाँक्रीले भने, ‘हरेक मानिसहरू बस्ने घर तथा सहर बस्न लायक र सुरक्षित हुनुपर्छ । त्यसको लागि हामी विभिन्न अध्ययन मार्फत भूकम्पबाट जोखिममा परेका मात्रै नभएर सम्भावित जोखिमलाई समेत प्राथमिकता दिएर घर जोगाउने प्रयास जनता र सरकार दुवैले गर्नु पर्छ । जुन पुलचोक क्याम्पसले गरेको अध्ययन मार्फत गरेको जागरण महत्त्वपूर्ण छ । यस्तै अध्ययनबाट मात्रै प्राकृतिक प्रकोपबाट सुरक्षित हुन सकिन्छ । त्यसका लागि जोखिममा घर भएका जनतालाई सरकारले भूकम्प प्रतिरोधक सुरक्षित घर बनाई दिने कार्य अगाडी बढाएको छ।’
मन्त्री झाँक्रीले जनतालाई उचित वासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताएकीछन् । सरकारले यस विषयमा योजनाबद्ध विकास आवासको हक सुनिश्चित गर्ने उद्देश्यले सरकारको रहेको बताइन् । २०७२ सालको भूकम्पबाट भत्किएका घर पुन निर्माणको काम अन्तिम चरणमा पुगेको समेत बताइन् ।





























प्रतिक्रिया