कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, राप्रपाको पनि समर्थन

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत, राप्रपाको पनि समर्थन

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका हुन्।

प्रदेश सभा बैठकमा उनको पक्षमा २२ मत परेको सभामुख राजबहादुर शाहीले घोषणा गरे। मुख्यमन्त्री शाहीलाई माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राप्रपा नेपालले समर्थन गरेको छ। 

कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका ६, माओवादी केन्द्र १२, नेकपा (एकीकृत समाजवादी) तीन र राप्रपा नेपालका एक जना सांसद छन्।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि विपक्षमा भने मत नै परेन।

राप्रपाको पनि समर्थन
पहिलो पटक राप्रपा नेपालले मुख्यमन्त्री शाहीलाई समर्थन दिएको छ। राप्रपा सांसद शोसिला शाहीले कर्णालीका मुख्यमन्त्रीलाई परिणाममुखी काम गर्न समर्थन गरेको बताइन्। ‘हामीले पाँच वर्षसम्मका लागि अघिल्लो सरकारलाई समर्थन गर्‍याैँ। तर, परिणाम आउन सकेन। अघिल्लो सरकार जस्तो नहोस्। यो सरकारले परिणाममुखी काम गर्न मुख्यमन्त्रीलाई आग्रह गर्दैछु,’  मत दिएपछि उनले भनिन्।

Skip This
Skip This
Logo