राष्ट्रिय हितको मुद्दामा सबै दल मिलेर अघि बढ्नु पर्छ: प्रधानमन्त्री

राष्ट्रिय हितको मुद्दामा सबै दल मिलेर अघि बढ्नु पर्छ: प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय हितका मुद्दामा सबै दल मिलेर अघि बढ्नुपर्ने बताएका छन्। 

काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राष्ट्रिय हितका विषयमा सबै राजनीतिक दलहरु एक भएर अघि बढ्नु पर्नेमा जोड दिएका हुन् । 

तीन दलमा विभाजित राप्रपा एक भएर एकता महाधिवेशन गरेकोमा धन्यवाद दिएका कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले थोरै दल हुनु पनि मुलुकका लागि हित रहेको बताए। 

राप्रपाको महाधिवेशनलाई उनले सफलताको कामना पनि गरे । 

Skip This
Skip This
Logo