रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन

रंगशालामा युथ एथ्लेटिक्स हुँदा लिग तालिका परिवर्तन

केन्द्रबिन्दु
0
Shares

दशरथ रंगशालामा ‘युथ एथ्लेटिक्स च्याम्पियनसिप–२०२१’ हुने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत मंसिर २० गतेका लागि तय दुई खेलको तालिका परिवर्तन गरेको छ।

एन्फाले बुधबार विज्ञप्ति जारी गर्दै २० मंसिरका लागि दशरथ रंगशालामा तय खेल अन्य कार्यक्रम भएकाले मैदान उपलब्ध नहुने हुँदा समय परिवर्तन गरेको जनाएको छ। 

२० गते १ बजे हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस तथा साँझ पौने ५ बजे हुने खेलमा जावलाखेल  युथ क्लब र मछिन्द्र फुटबल क्लब भिड्ने तालिका थियो। 

अब, दुवै खेल निर्धारित समय अनुसार नै दशरथ रंगशालामा २२ मंसिरमा आयोजना हुनेछ। ‘रंगशालामा सोही दिन एथ्लेटिक्सको खेल हुने कार्यक्रम रहेको छ। त्यसै कारणले लिग तालिका परिवर्तन गरेका हौं,’ एन्फा महासचिव इन्द्रमान तुलाधरले भने। 

उनले सो दुवै खेल सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा गर्न नमिल्ने भएकै कारणसमेत लिग तालिका परिवर्तन गर्नु परेको बताए। एन्फाले मंगलबार तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक गरेको थियो। 

शुक्रबारबाट सुरु हुने तेस्रो चरणको पहिलो खेलमा फ्रेन्डस क्लब र थ्री स्टार क्लब तथा दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपिएफबीच प्रतिस्पर्धा हुँदैछ।

Skip This
Skip This
Logo