जिल्ला निर्वाचन कार्यालय उदयपुरले मतदाता नामावली संलकन अभियान सञ्चालन गर्ने भएको छ।
जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख हिमालय बरालका अनुसार १७ मंसिरदेखि १८ पुससम्म अभियान सञ्चालन हुनेछ।
पहिलो चरणमा १७ मंसिरदेखि २ पुससम्म लिम्चुङबुङ, ताप्ली र उदयपुरगढी गाउँपालिका केन्द्रमा मतदाता नामावली संकलन गरिनेछ भने दोस्राे चरणमा ४ पुसदेखि १८ पुससम्म रौतामाई गाउँपालिका, बेलका र चौदण्डीगढी नगरपालिका केन्द्रमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकृत हिमालय बरालले बताए।
मतदाता नामावलीमा १६ वर्ष उमेर पुगेका नेपाली नागरिकले नाम दर्ता गराउन सक्नेछन्। नेपाली नागरिकता प्राप्त नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा तथा बसाईँसराई तथा बिवाह गरिएका आएकाले पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछ।
त्रियुगा र कटारी नगरपालिकाको हकमा भने निर्वाचन कार्यालय गाईघाट जिल्ला प्रशासन कार्यालय उदयपुर र इलाका प्रशासन कार्यालय कटारीमा नियमितरुपमा मतदाता नामावली संकलन भएर रहेकाले टोली नखटाएको बताएका छन्।





























प्रतिक्रिया