गोलाको पेसी खै श्रीमान् ?

गोलाको पेसी खै श्रीमान् ?

केन्द्रबिन्दु
0
Shares

न्यायालयको ७० वर्षे इतिहासमा पहिलोपटक मुद्दाको पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार खोस्दै सर्वोच्चले वुधबारबाट गोला प्रणालीवाट पेसी तोक्न सुरू गर्‍यो। 

तर विडम्बना ! नियमावली संशोधन गर्दै वुधबारबाट सुरू भएको यो प्रणाली दोस्रो दिन आइपुग्दै अवरुद्ध भएको छ। कोरोना संक्रमण देखिएपछि प्रधानन्यायाधीश जबरा अस्पतालमा छन्।

प्रधानन्यायाधीशको अनुपस्थितिमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भएर काम गर्ने संवैधानिक व्यवस्था छ। 

संविधानको धारा १२९ को उपधारा ६ मा यस्तो व्यवस्था भए पनि नेपाल बारले जबराले कायममुकायम नतोकेको भन्दै अत्तो थाप्यो। जसका कारण गोलाबाट सार्वजनिक गरिएको पहिलो दिन (वुधबार)को अधिकांश सुनुवाइ प्रभावित भयो । 

नेपाल बारले संविधानको यो व्यवस्था स्पष्ट नभएको र प्रधानन्यायाधीशले लिखित कायममुकायम तोक्नै पर्ने अडान लिएपछि बिहीबार १० देखि साढे १० बजेभित्रमा गोलाद्वारा सार्वजनिक हुनुपर्ने इजलास यो समाचार तया पार्दासम्म गठन भएको छैन। 

नेपाल बारलाई छलफल गर्न भन्दै सर्वोच्चका न्यायाधीशहरूले बोलाएका छन्। सर्वोच्च अदालतमा यतिबेला बारका प्रतिनिधि र न्यायाधीशहरूबीच छलफल चलेका कारण पेसी सूची सार्वजनिक हुन नसकेको सर्वोच्च प्रशासनले जनाएको छ।

Skip This
Skip This
Logo