प्रदेश नं १ मा कूल सङ्क्रमितको संख्या ५ हजार ८५९

प्रदेश नं १ मा कूल सङ्क्रमितको संख्या ५ हजार ८५९

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

प्रदेश नं. १ मा गएको २४ घण्टामा १६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा ७३ महिला र ९३ पुरुष छन् । थपिएकामा सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा तीन, तेह्रथुममा एक र प्रदेश बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा १९ महिला र १५ पुरुष गरी ३४ जनामा सङ्क्रमण भएको छ । सुनसरीकै दुहवीमा आठ महिला र १२ पुरुष, इटहरीमा आठ महिला र १२ पुरुष तथा रामधुनीमा दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको बुढीगंगामा आठ महिला र १५ पुरुष, विराटनगरमा ११ महिला र १० पुरुष, बेलबारीमा पाँच महिला र तीन पुरुष, रंगेलीमा दुई ,जहदामा एक पुरुष, पथरीशनिश्चरेमा एक महिला, झापाको दमकमा सात महिला र नौ पुरुष, मेचीनगरमा दुई महिला र एक पुरुष, भद्रपुरमा दुई पुरुष, अर्जुनधारामा एक पुरुष, कमलगाउँपालिका र स्थानीय तह नखुलेका एक, एक महिलामा सङ्क्रमण भएको पुष्टि भएको छ । यस्तै, संखुवासभाको खाँदबारीमा दुई र सभापोखरीमा एक पुरुष, तेह्रथुमको छथरमा एक पुरुष र प्रदेश बाहिरका दुई महिला र चार पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ८५९ पुगेको छ भने हालसम्ममा दुई हजार ५९१ जना कोरोनाबाट मुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ३३६ जना सहित हालसम्ममा एक लाख १७ हजार ८८८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

Skip This
Skip This
Logo