आजको पात्रो: १७ मंसिर, शुक्रबार। ३ तदनुसार डिसेम्बर। मार्गशीर्ष कृष्णपक्ष बालाचर्तुदशी, देशभरका शिवालयहरुमा शतबीज छर्ने दिन हो।
विशेषगरी पशुपति क्षेत्र र कैलाश पर्वतमा आफ्ना दिवंगत आफन्तजनको सम्झनामा अन्नको मिश्रण गरेर शतबीज छर्ने गरिन्छ। विशाखा नक्षत्र,अतिगण्ड योग र चन्द्रमा तुला राशिमा छ। आज सूर्योदय बिहान ६ः४० मिनेटमा भयाे भने सूर्यास्त साँझ १७ः०६ मा हुनेछ। आजको देवता र ग्रहदेव दुवै चन्द्र छन् । आज ११ः३६ देखि ११ः५४ सम्मको समयमा राहू रहेको छ। ११ः३३ पछिको समय अभिजीत महूर्त सुरु हुनेछ । कुनै पनि शुभ कामका लागि यो मुहूर्त शुभ मानिन्छ।
शुक्रबारको दिन मनोरन्जनात्मक कामका उत्तम दिन हो ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन रोजगारीको क्षेत्रमा तपाईँलाई नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको शिवालयमाको यात्रा गर्दा मनमा खसियाली छाउने छ। बिहानै देवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ। मनमा सकारात्मक सोच राख्नु पर्नेछ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : व्यापारबाट प्राप्त हुने अर्थलाभले खुसियाली हुनसक्छ। आजको दिन व्यापारबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला। सकारात्मक सोचले मात्र तपाईंले आफ्नो दैनिककाम गर्दा मनमा खुसी छाउन सक्छ। तपाईँमाथि अनावश्यक आरोप लाग्नसक्छ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन परिवार र आफन्तजले तपाईँमाथि अनेक आरोप लगाउन सक्नेछन्। त्यसैले कसैप्रति पनि आग्रह पूर्वाग्रहको भावना नराख्नु होला। त्यसैले आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ। कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै बेस हुनेछ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन तपाईँको शुभ छ। त्यसैले आजको दिन तपाईँको आर्थिक र सामाजिक समस्या समाधान हुनेछ। आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला। कसैसँग विवाद भयो भने तपाई र तपाइँसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ। सामाजिक सेवाको काममा लाग्नु होला।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : परिवार र मित्रमण्डलीबाट साथ सहयोग प्राप्त हुनेछ। यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला। परिवारका सदस्यले तपाईँलाई अनावश्यक आरोप समेत लगाउन सक्नेछ। आजको दिन कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आजको दिन आफन्तसँग सम्बन्ध बिग्रन सक्छ। स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता हात लाग्नेछ। आज आम्दानीको धनीराशिबाट महिला र बृद्ध मातालाई केही उपहार दिनुहोला। तपाईँमाथि अनावश्यक आरोप पनि लाग्न सक्छ।
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सुरु गरेको काम सफल हुनेछ। चन्द्रमाको साथ रहेको छ। बिहान सूर्योदयको दर्शन गर्नुहोला। कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मिहिनेतपूर्वक लाग्नुहोला। कुनै कामबीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । आर्थिक कारोबार गर्दा अलि ध्यान दिनुहोला।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ। देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ। अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईँको कार्यमा सफलता मिल्नेछ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : धनु राशी भएका जातकका लागि ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ। सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ। यात्रामा सफलता मिल्नेछ। यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला। सामुहिक यात्राले तपाईहरुको लागि मनोरञ्जन दिनेछ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन मानसम्मान मिल्ने योग छ। तपाईँलाई आफन्तजनको सहयोगले मनमा खुसी प्राप्त हुनेछ। आजको दिन शिवालयको मन्दिरको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ। अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ। व्यापारबाट सफलता प्राप्त हुनेछ। छोटो दूरीको यात्रा गर्दा फलदायी हुनेछ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : आजको दिन सोचअनुसारको काम हुनेछ। शत्रुमाथि विजय प्राप्ति हुनेछ। व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला। सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ। आजको दिन देवालयको दर्शन गर्नुभयो भने तपाईको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला। सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ। व्यापार ब्यबसायमा हुनुहुन्छ भने केही हानी हुन सक्नेछ। सामाजिक सेवाका काममा समय दिनु भए राम्रो हुनेछ । आजको दिन अध्ययन लेखनमा मन जानेछ।





























प्रतिक्रिया