राप्रपा महाधिवेशनः यस्ताे छ थापा र लिङ्देनको प्यानल, विक्रम पाण्डे दुवै प्यानलमा उपाध्यक्ष !

राप्रपा महाधिवेशनः यस्ताे छ थापा र लिङ्देनको प्यानल, विक्रम पाण्डे दुवै प्यानलमा उपाध्यक्ष !

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ। मतदाताको सूची सम्बन्धी विवाद समाधान भएसँगै राप्रपाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको हो।

बिहीबार साँझ मतदाताको नामावली प्रकाशन गरेको निर्वाचन समितिले आज मतदाता नामावलीमाथि दाबी विरोध, उम्मेदवारी दर्ता, उनीहरूको नाममाथि दाबी विरोध, अन्तिम नामावली प्रकाशनलगायतका काम गर्ने र शनिबार मतदान गर्ने कार्यतालिका रहेको जनाएको छ। राप्रपा महाधिवेशनमा ४४ सय ७१ प्रतिनिधि रहेका छन्।

राप्रपाको नेतृत्वका लागि अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन ४ उपाध्यक्ष र ३ महामन्त्रीको प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। अध्यक्ष कमल थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, रोशन कार्की, ध्रुवबहादुर प्रधान उम्मेदवार बन्ने भएका छन्। थापा प्यानलबाट महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तीकुमारी शाही उम्मेदवार बन्ने भएका छन्।

लिङ्देन प्यानलको उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार बन्ने नेता मुकुन्दश्याम गिरीले बताए। त्यस्तै महामन्त्रीमा डा. धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार बन्ने भएका छन्। नेता विक्रम पाण्डेलाई दुवै पक्षले आफ्नो प्यानलमा राखेका छन् तर पाण्डेले भने कसलाई समर्थन गर्ने भन्ने स्पष्ट गरेका छैनन्। दुवै पक्षले पाण्डेको आफूलाई समर्थन रहेको दाबी गरिरहेका छन्।

Logo