म्यानचेस्टर युनाइटेडकाे सहज जित

म्यानचेस्टर युनाइटेडकाे सहज जित

केन्द्रबिन्दु
0
Shares

इंग्लिस फुटबल लिग कपमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनमाथि सहज जित निकालेकाे छ ।

मंगलबार राति भएको खेलमा युनाइटेडले लुटनलाई उसकै मैदानमा ३–० को सहज जित निकाल्दै चौथो चरणमा प्रवेश गरेका हुन् । युनाइटेडको जितमा जुआन माटा, मार्कुस रासफोर्ड र मासन ग्रीनवुडले गोल गरे ।

प्रतिस्पर्धातमक बनेको पहिलो हाफकाे ४४औं मिनेटमा युनाएटेडले पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिन सफल भयो ।

दोस्रो हाफकाे ८८औं मिनेटमा मार्कुस रासफोडैले मासन ग्रीनवुडको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा मासन ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई ३–० को सहज जित दिलाए ।

Skip This
Skip This
Logo