कांग्रेस प्रदेश अधिवेशन: आज उम्मेदवारकाे मनोनयन, भोलि मतदान

कांग्रेस प्रदेश अधिवेशन: आज उम्मेदवारकाे मनोनयन, भोलि मतदान

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज शुक्रबार सात वटै प्रदेशमा उम्मेदवारकाे मनोनयन दर्ता हुँदैछ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहीबार मतदाता नामावली प्रकाशन भइसकेको छ। आज उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यतालिका तय भएको छ भने शनिबार मतदान हुनेछ। 

१६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँछन्। 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार अधिवेशनको उद्घाटन भर्चुअल माध्यमबाट गरेका थिए। तर, प्रदेश नम्बर १ मा उद्घाटन सत्र हुन सकेन। 

प्रदेश १ मा आज बिहान उद्घाटन सत्र हुँदैछ। त्यहाँ पनि आज नै उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ। मुलुक संघीयतामा गएपछि कांग्रेसको पहिलो प्रदेश कार्यसमिति गठन हुन लागेको हो।

Skip This
Skip This
Logo