कांग्रेस प्रदेश १ अधिवेशन: नौ पदाधिकारीका लागि २० जनाको उम्मेद्वारी

कांग्रेस प्रदेश १ अधिवेशन: नौ पदाधिकारीका लागि २० जनाको उम्मेद्वारी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत नौ पदाधिकारीका लागि २० जनाले उम्मेद्वारी दिएका छन्। सभापति पदमा गुरु घिमिरे र उद्वव थापाले उम्मेद्वारी दिएका छन्। 

थापा संस्थापन पक्षका नेता हुन् भने घिमिरे इतर समूहका नेता हुन्। दुई जना उपसभापतिका लागि चार जनाको उम्मेद्वारी परेको छ। 

उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेद्वारी दिएका छन्। दुई जना महामन्त्रीका लागि चार जनाको उम्मेद्वारी परेको छ। जसमा दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङ्गा उम्मेद्वार बनेका छन्। 

सहमहामन्त्री महिला दुई र खुला दुई गरी चार जना हुने व्यवस्था भए पनि १० जनाले उम्मेद्वारी दिएका छन्। उम्मेद्वारी दिनेमा प्रमिला गच्छदार, मानबहादुर लिम्बू, अञ्जना ताम्ली, रोहित साह, सुभचद्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दिरा थापाले रहेका छन्।

Skip This
Skip This
Logo