कांग्रेस मोरङः प्रस्तावक र समर्थकसमेत नपाएका कान्छा उम्मेद्वार सर्वाधिक मतका साथ विजयी

कांग्रेस मोरङः प्रस्तावक र समर्थकसमेत नपाएका कान्छा उम्मेद्वार सर्वाधिक मतका साथ विजयी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस मोरङको जिल्ला सदस्यमा वीरेन्द्रकुमार शाह अत्यधिक मत ल्याएर विजयी भएका छन्। सबैभन्दा कान्छा उम्मेद्वार २४ वर्षीय शाह अत्यधिक १३१२ मत ल्याएर विजयी भएका हुन्।

समाजसेवासँगै राजनीतिमा होमिएका शाहलाई केही नेताहरूले बच्चै छस् भन्दै उम्मेद्वारी नहाल्न भनिएको थियो। तर, राजनीतिमा लागेर केही गर्ने  चाहाना बोकेका शाहले ‘आसपास’ शैलीमा लुकेर उम्मेद्वारी दिएका थिए।

शाहले जितसँगै खुसी प्रकट गर्दै भने, 'मेरो अझै धेरै सामाजिक उत्तरदायित्व बढेको छ। पदको सही सदुपयोग गर्दै अझै धेरै संगठन निर्माणको काम गर्नेछु। उम्मेद्वारी दिँदा मैले प्रस्तावक र समर्थकसमेत भेटेको थिइनँ।'

Logo