नेपाली कांग्रेस वाग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा पक्षीय बानियाँ १ हजार ८५ मतका साथ विजयी भएका हुन्।
२०२५ मत खसेकोमा बानियाँले १०८५ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी केसीले ९२७ मत प्राप्त गरे। १३ मत बदर भएको थियो।
शनिबार भएको त्रिपक्षीय भिडन्तमा केसी, बानियाँ र भीमसेन दास प्रधान प्रतिस्पर्धामा थिए। उनीहरू मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आइतबार पुन: मतदान भएको थियो।





























प्रतिक्रिया