संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक सोमबार बसेको छ। प्रस्तावित राजदूतको सुनुवाइका लागि सोमबार समितिको बैठक बसेको हो। सो बैठकमा कांग्रेसकी सांसद पुष्पा भुसालले उजुरीको सूचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्नुपर्ने बताइन्।
एमालेका सांसद सुमनराज प्याकुरेलले राजदूत नियुक्तमा समावेशीबारे प्रश्न उठाएका छन्।
पुष्पा भुसाल
सुनुवाइ समितिले राजनीतिक नियुक्तिका लागि गरिने सिफारिसमा गम्भीर रूपमा लिनु जरूरी छ। उजुरी लिनुभन्दा पहिले नै समावेशिताको प्रश्न उठ्नुपर्ने हो। तर, प्रक्रियाअघि बढिसकेपछि बोल्नु अलि उपयुक्त हुँदैन। उजुरीको सूचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्न सकिन्थ्यो। आगामी दिनमा गम्भीरतापूर्वक हेर्नुपर्छ।
सुमनराज प्याकुरेल
राजदूत नियुक्ति समावेशी छैन। समावेशी नगरी गरिने राजदूत नियुक्तिमा समितिको ध्यान जानुपर्छ। समावेशिताको प्रश्न गम्भीर उठ्यो, के कसो सरकारसँग जानकारी मागौं। अर्काे बैठक बसेर सुनुवाइ अगाडि बढाउँ।
लक्ष्मणलाल कर्ण: समिति सभापति
राजदूत नियुक्तिमा कानुन बमोजिम मात्रै भनेको छ। अब आउनेमा समावेशी गर्ने हो। यसको जवाफ विगतका सरकारबाट आएन। यो विषय अहिले थाती राखेर निर्णय प्रक्रियामा जान्छौं। बाँकी कुरा कानुन बमोजिम हुनेछ। समावेशी विषयमा हामी आफैं चिन्तित छौं। धेरैपल्ट सरकारलाई निर्देशन गरिसक्यौं। सरकारले के गर्ने हो थाहा छैन। यसको हामी सुनुवाइ गरेर निर्णय गरौं।































प्रतिक्रिया