‘बैंकहरूमा निक्षेप बढ्न थाल्यो’: बैंकर्स संघ

‘बैंकहरूमा निक्षेप बढ्न थाल्यो’: बैंकर्स संघ

केन्द्रबिन्दु
0
Shares

केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ। मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ। 

संघका अनुसार बाणिज्य बैंकहरूबाट मंसिर पहिलो साता आठ अर्ब र दोस्रो साता ६ अर्ब रुपैयाँ निक्षेप घटेको थियो । मंसिर ११ देखि १७ गतेसम्ममा भने बैंकहरुको निक्षेप सात अर्ब रुपैयाँले वृद्धि भएको छ। 

निक्षेपसँगै बैंकहरूको कर्जा लगानी पनि वृद्धि भएको छ। मंसिर पहिलो साता  ७ अर्ब लगानी बढाएका बैंकहरूले दोस्रो र तेस्रो साता १४/१४ अर्ब रुपयाँ लगानी विस्तार गरेका छन्। 

१७ मंसिसम्म बाणिज्य बैंकहरूले ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४० खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेको संघले जानकारी दिएको छ। पछिल्लो समय कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धि नहुँदा बैंकहरूले तरलता अभावको समस्या भोगिरहेका छन्। 

Logo