प्रदेश १ र वाग्मतीका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना, हिमपात पनि हुने

प्रदेश १ र वाग्मतीका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना, हिमपात पनि हुने

केन्द्रबिन्दु
0
Shares

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। तर, बिहान पहाडी भूभागमा आंशिक बदली रही थोरै क्षेत्रमा हुस्सु/कुहिरो लागेको छ।

दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। प्रदेश १ र वाग्मतीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

प्रदेश १, वाग्मती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

राति प्रदेश १ र वाग्मतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ र वाग्मतीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

Skip This
Skip This
Logo