साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक ३७ दशमलव १८ अंकले घटेर दुई हजार पाँच सय ८ दशमलव ९१ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ।
आज दुई सय ३१ कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता शेयर खरिदबिक्री हुँदा कुल तीन अर्ब १२ करोड ८३ लाख ४१ हजार सत सय २७ पैसाको कारोबार भएको छ। कारोबारको आधारमा सबैभन्दा बढी प्राइम कर्मसियल बैंकको शेयर कारोबार भएको छ। यस बैंकको १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
आज १३ वटामध्ये ११ वटा उपसमूहको सूचकमा रातो पोतिएको छ । आज उच्च नाफा कमाउनेमा म्यूचल फण्डका लगानीकर्ताहरू रहेका छन्।
त्यस्तै, आज आइसीएफसी माइक्रो फाइनान्स र कैलाली माइक्रो क्रेडिट विकास बैंकको शेयर मूल्यमा उच्च गिरावट आएको छ।































प्रतिक्रिया