नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदैछ। काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति सदस्य चयन गर्नेछ।
२४ मंसिर शुक्रबारबाट हुने महाधिवेशनमा सभापतिदेखि केन्द्रीय सदस्यका लागि तनहुँबाट हेभिवेट नेताहरूको उम्मेद्वारी घोषणा र दाबी सार्वजनिक भइरहेका छन्। तनहुँबाट प्रतिनिधित्व गर्ने नेताहरू फरक फरक समूहमा छन्।
तनहुँबाट प्रतिनिधित्व गर्ने रामचन्द्र पौडेलले सभापतिमा दाबी गरिरहेका छन्। यसका लागि आफ्नो समूहमा सहमति जुटाउने प्रयासमा छन् ।
प्रदीप पौडेलले महामन्त्रीमा उम्मेद्वारी घोषणा गरिसकेका छन् । गोविन्द भट्टराई र शंकर भण्डारी सहमहामन्त्रीका आकांक्षी हुन् ।
केन्द्रीय कार्यसमिति सदस्यमा ध्रुव वाग्ले, रामचन्द्र पोख्रेल, प्रकाश पन्थ, डोबाटे विक, दिपक भट्टराई, आनन्द त्रिपाठी, रेशम गुरुङ र चिनु पोख्रेल आकांक्षीका रूपमा देखिएका छन् ।































प्रतिक्रिया