दुई वटा इन्जिनियर,दुई वटा टिपर राखेर बनेको निर्माण कम्पनीले खर्च गर्न सक्दैन : रामकुमारी झाँक्री

दुई वटा इन्जिनियर,दुई वटा टिपर राखेर बनेको निर्माण कम्पनीले खर्च गर्न सक्दैन : रामकुमारी झाँक्री

केन्द्रबिन्दु
0
Shares

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पारिवारिक खालका साना निर्माण कम्पनीले सरकारको सार्वजनिक खर्च गर्न नसक्ने बताएकी छिन् । बुधबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघले १४ औं राष्ट्रिय निर्माण दिवसको अवसरका आयोजना गरेको प्रभातफेरी कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् । 

मन्त्री झाँक्रीले सरकारको सबै भन्दा ठूलो सार्वजनिक खर्च गर्ने निर्माण कम्पनी पारिवारिक खालको दुई वटा इन्जिनियर, दुई वटा जेसिभी र दुई वटा टिपर राखेर बनाएको कम्पनीले राज्यको सार्वजनिक खर्च गर्न नसक्ने बताईन् । निर्माण व्यवसायी सरकारको खर्च गर्ने महत्वपुर्ण क्षेत्र भएको भन्दै निर्माण व्यवसायीहरुले काम गर्ने क्षमतालाई विकास गर्नु पर्ने आवश्यकता उनको भनाई छ ।  

मन्त्री झाँक्रीले निर्माण कम्पनीको क्षमता विकास गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धा गर्न सक्ने बनाउनु पर्ने बताईन् । उनले स्वदेशमा मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धा गर्ने कम्पनी बनाउनको लागि धेरै पुँजी भएको कम्पनी बनाउनु पर्ने उनको तर्क थियो ।

मन्त्री झाँक्रीले सरकारको विकास निर्माणको पँुजीगत खर्च गर्ने क्षेत्र नै नीजी क्षेत्र भएको बताएकी छिन् । उनले पूर्वाधार क्षेत्रको खर्च गर्ने निर्माण व्यवसायी नै भएको बताईन् । मन्त्री झाँक्रीले नेपालीको विकास ,समृद्धिको आधार र अर्थतन्त्र चलायमान बनाउनको लागि निर्माण व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको बताएकी छिन् । 

निर्माण व्यवसायी महासंघले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा स्वदेशी निर्माण कम्पनीलाई संरक्षण गरौं । साना निर्माण व्यवसायीलाई कामको अवसर दिऔं,निर्माण व्यवसायी एकता जिन्दावाद, सार्वजनिक निर्माणका सबैको सरोकार लगायतका नारा लेखिएका भ्यानर प्रदर्शन गरिएको थियो ।

Skip This
Skip This
Logo