राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनर्निर्माण कार्यमा प्राप्त सिकाई र अनुभवहरुमार्फत विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणमा लाग्न सम्बन्धित सबै पक्षलाई आव्हान् गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले सो विनाशकारी भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाका क्रममा नेपालले प्राप्त गरेको अनुभव तथा सिकाईहरु अन्तर्राष्ट्रिय समूदायका लागि समेत अनुकरणीय हुने विश्वास समेत व्यक्त गरिन् ।
बुधबारबाट काठमाडौंमा सुरु भएको ‘नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०७८’ को उद्घाटन समारोहमा बोल्दै उनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँग सम्बन्धित सबै पक्षलाई संलग्न गराई तयार पारेको दस्तावेजहरु विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन क्षेत्रमा लागि पर्ने जो कसैका लागि महत्वपूर्ण ज्ञानको भण्डारका रुपमा रहने स्पष्ट पारिन् ।
राष्ट्रपति भण्डारीले भावी पुस्ताले समेत सो भूकम्पपछिको पुनर्निर्माण कार्य अनुकरण गर्न लायक रहेको बताईन् । भूकम्पपछि पुनर्निर्माण भएका भौतिक संरचनाहरु अझ बलियो बनेको उल्लेख गर्दै उनले त्यस कार्यमा सहयोग गर्ने अन्तर्राष्ट्रिय समूदायप्रति आभारसमेत व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले सो कार्यलाई तीव्रताका साथ अघि बढाउन तीनै तहको सरकारको सहयोग उल्लेखनीय रहेको पनि स्मरण गराईन् ।
राष्ट्रपति भण्डारीले विनाशकारी भूकम्पले नेपाली जनतालाई आहात पारेका बेला अन्तर्राष्ट्रिय समूदायले दिएको बलियो साथको पनि स्मरण गरिन् ।































प्रतिक्रिया