नेरुडे लघुवित्त र रिलायन्स लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

नेरुडे लघुवित्त र रिलायन्स लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

केन्द्रबिन्दु
0
Shares

बिहीबार दुईवटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। नेरुडे लघुवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इन्स्योरेन्सले २६ मंसिरमा बुकक्लोज गर्दैछन्। यसअनुसार आजसम्म नेप्सेमा कारोबार गरी कायम भएका सेयरधनीले साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिने २१ दशमलव ४८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव १३ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्न १० पुसमा उद्योग संगठन मोरङ्गको सभाहल, विराटनगरमा १५औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

सो सभा बिहान ११ बजे सुरु हुनेछ। सभामा अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेण्डा छन्।

रिलायन्स लाइफ इन्स्योरेन्सले ११ पुसमा अनमोल बैंक्वेट, शंखमुलमा चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ। सो सभा अनलाइन माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ।

सभामा हाल कायम चुक्ता पुँजीको पाँच दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ। साथै, कम्पनीको नियमावलीमा संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित हुनेछ। 

Skip This
Skip This
Logo