सभापतिमै मेरो दाबी कायम छ : प्रकाशमान सिंह

सभापतिमै मेरो दाबी कायम छ : प्रकाशमान सिंह

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टी सभापतिमा आफ्नो दाबी कायम रहेको बताएका हुन् ।

उनले पार्टीलाई विधिसम्मत्, नियमसम्मत र संस्थागत रुपमा सञ्चालन गरी साँचो अर्थमा प्रजातान्त्रिक पार्टी बनाउनका लागि आफु सभापतिको उम्मेदवार बन्न लागेको बताए ।

आफ्नो उम्मेदवारीको सम्बन्धमा परापर्श भइरहेको उल्लेख गर्दै उनले दृढताका साथ अगाडी बढेको पनि बताएका छन् । नेता सिंहले काठमाडौं महानगरपालिका वडा नं. १० बानेश्वर स्थित छक्कु बक्कु पार्कमा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गरेका छन् ।

उनले भट्टराईले दिनुभएको सिद्धान्त र आदर्शको राजनीतिको सन्देशलाई सबै राजनीतिक दलका नेताहरुले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

 नेता सिंहले कृष्णप्रसाद भट्टराई नेपालको प्रजातान्त्रिक आन्दोलनमा मुल्य, मान्यता र आदर्शको राजनीतिबाट कहिल्यै पनि विचलित नभएको पनि टिप्पणी गरे ।

Logo