सूर्योदय लघुवित्त वित्तीय संस्थाले नवौँ वार्षिक साधारणसभा १६ पुसमा बोलाएको छ । संस्थाले लाभांश प्रस्ताव पारित गर्न सयपत्री पार्टी प्यालेस गुडिखोला, पुतली बजार नगरपालिका स्याङ्जामा बिहान ११ बजे सभा आह्वान गरेको हो ।
सभामा कम्पनीले २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेस हुनेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाहलगायत विषयमा छलफल गर्ने एजेन्डा पनि रहेको छ ।
सभामा सूर्योदय लघुवित्त र वोमी लघुवित्त आपसमा मर्ज गरिने प्रस्ताव पनि पेस हुनेछ । वोमी र सूर्योदय १:१ अनुपातमा मर्ज हुने छन् । प्रबन्धपत्र संशोधन गर्नेलगायत एजेन्डा पनि छन् । नेपाल राष्ट्र बैंकले वोमी र सूर्योदय लघुवित्त आपसमा मर्ज हुन सैद्धान्तिक सहमति पनि दिइसकेको छ । यो सँगै दुई लघुवित्तको मर्जर प्रक्रियाअघि बढेको छ । यसअघि दुवै कम्पनीबीच १५ भदौमा मर्ज हुने सम्झौता भएको थियो ।































प्रतिक्रिया