कांग्रेस बैठक सम्पन्न: महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित

कांग्रेस बैठक सम्पन्न: महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ। 

सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई पारित गरेको नेता महेन्द्र यादवले जानकारी दिए। 

वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले सो बैठकलाई बहिस्कार गरेका थिए। 

काठमाडौंमा शुक्रबारबाट कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदैछ। 

Skip This
Skip This
Logo