कांग्रेस महाधिवेशन: प्रेस युनियनले फाइनल गर्‍यो पाँच केन्द्रीय प्रतिनिधिको नाम

कांग्रेस महाधिवेशन: प्रेस युनियनले फाइनल गर्‍यो पाँच केन्द्रीय प्रतिनिधिको नाम

केन्द्रबिन्दु
0
Shares

प्रेस युनियनले नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि पाँच जना केन्द्रीय प्रतिनिधिको नाम फाइनल गरेको छ।

युनियनले प्रतिनिधिका रूपमा अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष दिपक आचार्य, पूर्वकोषाध्यक्ष ईश्वरी ओझा, कोषाध्यक्ष सरोज अधिकारी र पत्रकार महासंघकी पूर्वउपाध्यक्ष अनिता विन्दुको नाम छनोट गरेको प्रेस युनियन काठमाडौंका अध्यक्ष जगन्नाथ दुलालले जानकारी दिए।

युनियनका महासचिव अजयबाबु शिवाकोटी भने कांग्रेस दोलखाको अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेका छन्। यस्तै, पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारी पनि ओखलढुंगाबाट प्रतिनिधिमा चयन भएकी छन्। 

Skip This
Skip This
Logo