अन्तरधार्मिक शान्ति महासंघ नेपालले सरोकारवालाहरूबीच सामाजिक, सांस्कृतिक एकताको सवालमा राष्ट्रस्तरिय अन्तर्क्रिया गरेको छ। काठमाडौंमा आज विभिन्न धर्मका धर्मगुरुहरू र सरकारका प्रतिनिधिबीच महासंघले अन्तर्क्रिया गरेको हो।
महासंघका अध्यक्ष रामभक्त कुरुङवाङले धर्मका नाममा द्वन्द्व भइरहेको बताए। त्यसैले द्वन्द्व सम्भावना, द्वन्द्वहरु र द्वन्द्व समाधानमा भइरहेको प्रयास पर्याप्त छ कि छैन, यदि पर्याप्त छैन भने के गर्न सकिन्छ, जसले देशमा शान्ति स्थापना गर्न सकिन्छ भनेर भनेर धर्मगुरुहरूबीच अन्तर्क्रिया गरिएको बताए ।
उनले शान्ति सबैको आवश्यकता रहेको पनि जिकिर गरे । उनले भने ‘शान्ति खोज्ने प्रयासमा यो कार्यक्रम गरिएको र कार्यक्रमबाट अशान्ति के कारणले हुन्छ र शान्ति स्थापना कसरी गर्न सकिन्छ भनेर व्यापक छलफल गरिएको छ।’
त्यस्तै अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका गृह मन्त्रालयका सह–सचिव रामहरि शर्माले नेपाल धार्मिक हिसाबले अनुकरणीय रहेको बताए।
उनले धर्मका नाममा हुने द्वन्द्वलाई रोक्नुपर्ने र संविधानले डोहोर्याएको बाटोमा हिँड्नु पर्ने जिकिर गरे ।
कार्यक्रममा समाजमा सांस्कृतिक एकता कसरी कायम गर्ने भन्दै डा.विष्णु पाठकले प्रशिक्षण दिएका थिए ।





























प्रतिक्रिया