कांग्रेसको १४औं महाधिवेशन: गगनपछि प्रकाशमानले पनि अवधारणा सार्वजनिक गर्ने

कांग्रेसको १४औं महाधिवेशन: गगनपछि प्रकाशमानले पनि अवधारणा सार्वजनिक गर्ने

केन्द्रबिन्दु
0
Shares

कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेद्वारी घोषणा गरेका नेता प्रकाशमान सिंहले आफ्नो अवधारणा सार्वजनिक गर्ने भएका छन्।

महाधिवेशन उद्घाटनको भोलिपल्ट अर्थात् शनिबार नेता सिंहले उम्मेद्वारी तथा अवधारणा सार्वजनिक गर्ने भएका हुन् । बिहान ८ बजे सिंहदरबार मुल गेट अगाडि ट्राफिक कार्यालयसँगै रहेको स्काइ बैंकेटस्थित सम्पर्क कार्यालयमा उनले अवधारणा सार्वजनिक गर्न लागेका हुन्। 

महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका गगन थापाले बिहीबार आफ्नो अवधारणापत्र सार्वजनिक गरेका थिए। 

सिंहले अवधारणापत्र सार्वजनिक गर्ने तयारी गरिरहँदा संस्थापनइतर पक्षमा साझा उम्मेद्वार चयनका लागि प्रयास भइरहेको छ। 

Skip This
Skip This
Logo