नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सङ्गठन समितिले ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’को तयारी तीव्र पारेको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित नवनिर्मित सिटी हलमा यही मङ्सिर २५–२६ गते ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ हुनेछ। सम्मेलनमा कर्णालीका १० जिल्ला, ७९ स्थानीय तह र ७१८ पालिकाबाट प्रदेश प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश सचिव रामदीप आचार्यले जानकारी दिए।
“सम्मेलनमा प्रदेश प्रतिनिधि तथा पर्यवेक्षक गरी एक हजार १००को सहभागिता रहनेछ”, सचिव आचार्यले भने, “यसका लागि दशै जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षक राजधानी सुर्खेत झर्ने क्रम चलिरहेको छ।” कर्णालीका ७९ तहमा चार पालिकाको अधिवेशन सम्पन्न हुन बाँकी रहेको उनले बताए।
सचिव आचार्यका अनुसार सम्मेलन तयारीका लागि प्रदेश सम्मेलन आयोजक समितिअन्तर्गत स्वास्थ्य उपचार, आर्थिक व्यवस्थापन, प्रचारप्रसार तथा मञ्च व्यवस्थापन, मेस तथा आवास व्यवस्थापन, स्वयंसेवक परिचालन, कलाकार व्यवस्थापन, प्रतिवेदन तयारीलगायत गरेर आठवटा उपसमिति गठन गरिएको छ। केन्द्रको प्रदेश नेतृत्व चयनका लागि विधानतःनिर्वाचन तथा सहमति दुवै विधि अपनाइने उनले बताए।































प्रतिक्रिया