सुनचाँदीको मूल्यमा सामान्य ओरालाे, कति पुग्यो तोलाको?

सुनचाँदीको मूल्यमा सामान्य ओरालाे, कति पुग्यो तोलाको?

केन्द्रबिन्दु
0
Shares

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा शुक्रबार एक सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको हो।

शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ६१५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ। 

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार १८५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार १६ रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

Skip This
Skip This
Logo