कांग्रेस महाधिवेशनः पौडेल पक्षमा समर्थन जुट्दै गएकाे दाबी

कांग्रेस महाधिवेशनः पौडेल पक्षमा समर्थन जुट्दै गएकाे दाबी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको सभापतिमा रामचन्द्र पौडेलको पक्षमा समर्थन जुट्दै गएको दाबी गरिएको छ। काठमाडौंमा शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा नेतृत्वका लागि उम्मेद्वारी घोषणा भइरहेका बेला पौडेलको पक्षमा समर्थन बढ्दै गएको दाबी गरिएको हो। 

सभापतिमा उम्मेद्वारी घोषणा गरेका विमलेन्द्र निधिले समर्थन जनाएको बताइएसँगै पौडेलको पक्षमा समर्थन बढ्दै गएको दाबी गरिएको हो । सभापतिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइरालाकाे नाम चर्चामा छ । 

तर, आफ्नो पक्षमा समर्थन नजुटेपछि महाधिवेशनमै सहभागी नहुने भन्दै विज्ञप्ति जारी गर्ने तयारी गरेपछि पौडेललाई नेताहरूले रोकेका थिए । तत्पश्चात सिंह र कोइरालाले छाडे आफूले पनि पौडेललाई समर्थन जनाउने भन्दै निधिले विज्ञप्ति जारी नगर्न आग्रह गरेका थिए । 

पौडेलको पक्षमा देउवा र सिंहबाहेक अरुको समर्थन देखिएको पौडेलको सचिवालयले दाबी गरेको छ। ‘सिंहबाहेक संस्थापनइतर पक्षको समर्थन रामचन्द्रलाई देखिएको छ।

विमलेन्द्र निधिले पनि समर्थन जनाउने भएपछि आजै बेलुकासम्म उम्मेद्वारी टुंगो लाग्छ’, पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले न्युज कारखानासँग भने ।  

Skip This
Skip This
Logo