नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा पार्टी पदाधिकारीलाई बोल्न दिँदा साँझ ढल्दा पनि सम्पन्न हुन सकेको छैन ।
भृकुटीमण्डपमा आयोजित उद्घाटन सत्रमा विभिन्न राजनीतिक दल तथा विदेशी पाहुनाहरूले मन्तव्य राखे लगत्तै पार्टी पदाधिकारीलाई बोल्न दिँदा लम्बिन पुगेको छ ।
सह महामन्त्री सुनिल थापा, प्रकाश शरण महत, कोषाध्यक्ष सीतादेवी यादव, कृष्ण सिटौला, उपसभापति विजयकुमार गच्छदारलगायतले अतिथि पछि मन्तव्य राखेका थिए ।
झमम्क साँझ परिसक्दा पनि कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री एवम पार्टी सभापति शेरबहादुर देउवाले मन्तव्य राख्न नै पाएका छैनन् । उद्घाटन सत्रमा सहभागी प्रतिनिधि र कार्यकर्ताहरू क्रमशः बाहिरिन थालेका छन् तर कार्यक्रम अझै जारी छ ।





























प्रतिक्रिया