कांग्रेस महाधिवेशनमा भोटिङ प्रणाली पुरानै, एक जनाले मतदान गर्न ४५ मिनेटसम्म लाग्ने

कांग्रेस महाधिवेशनमा भोटिङ प्रणाली पुरानै, एक जनाले मतदान गर्न ४५ मिनेटसम्म लाग्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले पुरानै प्रणालीमा मतदान गर्ने भएको छ। मतदाताहरूले कागजी मतपत्रमा छाप लगाएर मतदान गर्नु पर्नेछ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान गर्न मेसिनको प्रयोग गरेका भए पनि कांग्रेसले भने मतपत्रको प्रयोग गर्ने भएको हो। 

मानिसहरू दिनहुँ प्रविधि मैत्री बनिरहेको अवस्थामा कांग्रेसले भने १४औं महाधिवेशनमा पुरानै प्रक्रिया अवलम्बन गर्न लागेको हो ।

शनिबारदेखि हुने मतदानमा ४६ सय प्रतिनिधिले मतदान गर्नेछन्। एक जनालाई लामो कागजी मतदान गर्न २० मिनेटदेखि ४५ मिनेटसम्म लाग्ने बताइएको छ। जसले गर्दा मतदान प्रक्रिया निकै लम्बिन सक्ने अनुमान गरिएको छ।

मतदान प्रक्रियामा पुरानै प्रवृत्ति अपनाएको कांग्रेसले महाधिवेशनको उद्घाटन सत्रमा भने प्रवृधिमैत्री बन्ने भन्दै एप्स नै सार्वजनिक गरेको छ।

Skip This
Skip This
Logo