नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेनमा नीति र कार्यक्रममा छलफल नभएको र समयमा अधिवेशन गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन्।
१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले विधिका लागि मात्र अन्तिम समयमा आएर महाधिवेशन गर्दा प्रभावकारी नभएको भन्दै एमालेको चितवन महाधिवेशनजतो आफ्नो महाधिवेशन हुन नसकेको बताए।
उनले पार्टीलाई सक्षम बनाउन तयारीका साथ जानुपर्नेमा त्यसो हुन नसकेको बताए। उनले देश गतिहीन र अवरुद्ध भएको भन्दै संसद चल्न नसकेको, सर्वोच्च अदालत अस्तव्यस्त भएको, सरकार गतिहीन भएको बताए।
देशमा आएको परिवर्तन अनुसार कांग्रेस अघि वढ्यो कि वढेन भनेर आत्मसमीक्षा र आत्ममूल्यांकन र आत्मसमीक्षा गर्ने बेला भएको भन्दै यो अधिवशेनमा यसको समीक्षा गर्नुपर्ने बताए।
कांग्रेसको गौरवशाली इतिहास रहेको भन्दै उनले यतिबेला पार्टी बहुसंख्यक जनता पक्षमा हुनुपर्नेमा ३१ प्रतिशतभन्दा माथि समर्थन जुटाउन नसकेको भन्दै असन्तुष्टि जनाए।
उनले निमुखा जनताले न्याय नपाएको भन्दै दलका पहुँच भएका सदस्यले मात्र न्याय पाएको भन्दै उनले अति दलबन्दीबाट देशलाई मुक्त गर्न जरुरी रहेको बताए।
पार्टीभित्रको आन्तरिक लोकतन्त्र संस्थागत गरी समयमै काम गर्न जरुरी रहेको उनको भनाइ छ। पार्टीमा नैतिक शक्तिको उत्थान गर्न जरुरी रहेको भन्दै उनले पार्टीलाई विकृतिको अखडाबाट मुक्त गर्न सकेमात्र लोकतन्त्र सार्थक हुने बताए।





























प्रतिक्रिया