ओलीबाट देश जोगाएँ, अब कांग्रेस जोगाउन मलाई जिताउनुस्ः देउवा

ओलीबाट देश जोगाएँ, अब कांग्रेस जोगाउन मलाई जिताउनुस्ः देउवा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले ओलीको सासनबाट मुक्ति पाएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिएको बताएका छन्। 

१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको बताए। 

उनले निकट भविष्यमा हुन लागेका तीनवटै तहको निर्वाचनमा विजयी बन्न पनि कांग्रेस मिलेर जानुपर्ने बताए। 

उनले कांग्रेस सरकार रहिरहे स्थानीय र संघीय सरकारको नेतृत्व पनि कांग्रेसको हुने भन्दै आफूलाई जिताउन आग्रह गरे। 

‘कांग्रेस सरकार रहिरहे आगामी सत्ता पनि कांग्रेसकै हुन्छ, त्यसकारण मलाई जिताइदिनुस् साथीहरु।’ देउवाले संक्षिप्त मन्तव्यका क्रममा भने। 

Logo