के हाे माधव नेपालले देखेकाे प्रतिगमन?, भन्छन्, ‘अझै खतरा छ, सचेत रहनु पर्छ’

के हाे माधव नेपालले देखेकाे प्रतिगमन?, भन्छन्, ‘अझै खतरा छ, सचेत रहनु पर्छ’

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा अझै प्रतिगमनकाे खतरा रहेकाे चेतावनी दिएका छन्। 

शनिबार बुटवलमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले पनि प्रतिगमनको खतरा रहेकाे भन्दै सचेत रहनु पर्ने बताए। 

इतिहासमा सीमित भइसकेको राजतन्त्र फर्काउने कोशिश भइरहेको भन्दै इतिहास अगाडि बढिसकेकाले पछाडि फर्किन सम्भव नभएको उनकाे भनाइ छ।

समाजमा दलाल पुँजीवाद हावी भएको र कतिपय दलहरू त्यसैमा रमाइरहेको बताएका नेता नेपालले दलाल पुँजीवाद हटाएर समाजवाद स्थापना गर्ने आफ्नो दलको अभिभारा रहेकाे‍ र यस अभिभारा पूरा गरेरै छाड्ने बताए। 

Skip This
Skip This
Logo