पासाङल्हामु राजमार्गमा बस सेवा पुनःसञ्चालन

पासाङल्हामु राजमार्गमा बस सेवा पुनःसञ्चालन

केन्द्रबिन्दु
0
Shares

रसुवा ।

पासाङल्हामु राजमार्ग अन्तर्गत रसुवाखण्डमा बस सेवा पुनः सञ्चालन भएको छ । जिल्ला ट्राफिक कार्यालय रसुवाका अनुसार एक यात्रुवाहक बस र दुई सुमो जीप दैनिक ओहोरदोहर हुन थालेको छ ।

गाडीको क्षमता क्रमशः ३० र १० भए पनि जनाको भए पनि यात्रुको सङ्ख्या भने बढीमा दश र चार मात्र देखिएको ट्राफिक प्रहरी इञ्चार्ज इन्द्रबहादुर घिसिङले जानकारी दिए। अबका दिनमा बढ्न सक्ने सवारी साधन चापलाई ध्यानमा राखी ट्राफिक व्यवस्थापन मजबुत पारिसकिएको बताइएको छ ।

लामो दूरीको यातायात सञ्चालन गर्ने सरकारको निर्णय क्रमिक रूपमा कार्यान्वयन हुन थालेपछि अन्यत्र स्थानमा रोकिएका ग्रामीणवासी आफ्नो थातथलोतर्फ फर्किन थालिसकेको स्थानीयवासी टङ्कप्रसाद ढकालले जानकारी दिए।

कोभिड–१९ रोकथामका लागि यात्रुले स्वास्थ्यको मापदण्ड पूरा गरेको देखिएको बताइएको छ । कोरोना नियन्त्रणका लागि लामो समयदेखि बन्द सार्वजनिक यातायात सेवाको सुरक्षा र यात्रामा यात्रुले गर्न सक्ने गैरकानूनी क्रियाकलाप रोक्न आवश्यक सुरक्षा जनशक्ति परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए।

पासाङल्हामु राजमार्गका अधिकांश स्थान लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले सवारी साधनमा यात्रा गर्ने यात्रु वा अन्य मालवाहक सवारी चालकलाई सबै सामग्री सुरक्षा जाँचचौकीमा परीक्षण गराउनसमेत आग्रह गरिएको निकुञ्जले जनाएको छ ।रासस

Skip This
Skip This
Logo