कांग्रेसका मजदुर नेता विजयबहादुर स्वाँरद्वारा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी

कांग्रेसका मजदुर नेता विजयबहादुर स्वाँरद्वारा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका मजदुर नेता विजयबहादुर स्वाँरले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी घोषणा गरेका छन् । 

कैलाली क्षेत्र नम्बर २ बाट महासमिति सदस्यसमेत रहेका स्वाँरले समग्र मजदुर संगठनको प्रतिनिधित्व गर्दै उम्मेद्वारी दर्ता गराएका हुन । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी स्वाँरले उमेद्वारीको घोषणा गरेका हुन्।

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पार्टीलाई क्रियाशिल बनाउँदै सबैको प्रतिनिधित्व सुरक्षित गर्न आफनो उम्मेद्वारी दिने घोषणा गरेको स्वाँरले बताए। नेपाली कांग्रेसको झण्डामुनी अटने देशभरका मजदुरहरुको हितका लागि कांग्रेसभित्र रहेर काम गर्ने नेता स्वाँरले बताए। 

समग्र मजदुरको हितका लागि कांग्रेस र त्यसका लागि मजदुर नेताको प्रतिनिधित्व हुनुपर्ने उनको भनाइ छ।

Logo