आफ्नो लगानी आफ्नै प्रदेश, जिल्ला र गाउँमा केन्द्रित गरौँ : मुख्यमन्त्री भट्ट

आफ्नो लगानी आफ्नै प्रदेश, जिल्ला र गाउँमा केन्द्रित गरौँ : मुख्यमन्त्री भट्ट

केन्द्रबिन्दु
0
Shares

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोेचन भट्टले आफ्नो लगानी आफ्नै प्रदेश, जिल्ला र गाउँमा केन्द्रित गर्न सक्यौ भने त्यसले समग्र प्रदेशको विकासमा फाइदा हुने बताएका छन् ।

शनिबारदेखि सञ्चालनमा आएको अत्याधुनिक फर्निचर उद्योग आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडको धनगढीमा आयोजित उद्घाटन समारोहमा उनले आफ्नो लगानी आफ्नै प्रदेश, जिल्ला र गाउँमा केन्द्रित गर्न सके त्यसले सुदूरपश्चिमभरि नै फाइदा हुने र सबैले त्यसको उपभोग गर्न पाउने बताए ।

“एउटा युवा विद्यालय वा कलेजमा पढाइ, लेखाइ गरी जागिरका लागि दौडधुप गर्दछ, यदि जागिर पाउँदैन भने निराश भएर बस्ने होइन कि उसले सानै भए पनि एउटा व्यवसाय सञ्चालन गर्नुपर्दछ”, मुख्यमन्त्री भट्टले भने  “उसले व्यवसाय सञ्चालन गर्यो भने उसको आफ्नो आर्थिक स्तर मात्र माथि नउठी अन्य दुई–चार व्यक्तिले समेत रोजगार पाउँछन्, त्यसकारण त्यतापट्टि पनि लाग्न आवश्यक देखिन्छ ।”

उनले हाम्रो देशमा प्रायः अधिकांश मान्छे तथा युवाको स्कुल, कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्दै जाँदा सबैको एउटै मात्र जागिर गर्नुपर्दछ भन्ने सोच बनेको हुन्छ, तर जागिरले मात्रै धेरै चीजको समस्या समाधान नहुने बताए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले निजी क्षेत्र रोजगार निर्माणको एउटा मेरुदण्डका रुपमा रहेकाले यसलाई सबैले हौसला प्रदान गर्नुपर्ने आवश्यक रहेको उनको भनाई थियो ।

आलोक मल्टी कन्सर्न प्राइभेट लिमिटेडका अध्यक्ष भोजराज भट्टले घर डेकुरेसन तथा विभिन्न आधुनिक फर्निचर यस क्षेत्रमै उत्पादन गरेर यहीँबाट नै रोजगारीको सिर्जना गर्ने उद्देश्य रहेको बताएका छन् । उक्त फर्निचर उद्योगको  लागत रु १० करोड रहेको बताइएको छ ।

Skip This
Skip This
Logo