रामचन्द्र पौडेलद्वारा कांग्रेसमा कमजोरी देखाउँदै सक्रिय राजनीतिबाट बिदा

रामचन्द्र पौडेलद्वारा कांग्रेसमा कमजोरी देखाउँदै सक्रिय राजनीतिबाट बिदा

केन्द्रबिन्दु
0
Shares

सभापतिको दौडबाट पछि हटेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसभित्र कमजोरीहरू औँल्याउँदै औपचारिक रूपमा सक्रिय राजनीतिबाट बिदा मागेका छन् । 

आफ्नै समूहभित्रका प्रत्यासीहरुलाई मिलाउन नसकेपछि आफू सभापतिको दौडबाट बाहिरिएका पौडेलले राष्ट्रिय राजनीतिमा आफ्नाे भूमिका रहने बताउँदै पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध संघर्ष गरिरहने प्रतिबद्धता जनाए ।  

जारी गरेको विज्ञप्तिमा कांग्रेसका गल्तीलाई यसरी औँल्याएका छन् । 

१. मैले बुझ्दै आएको कांग्रेसमा विचलन आएको छ । 

२. पार्टी सत्ताको भर्‍याङमा सीमित भयो ।

३. संस्थापक नेताहरूको आदर्श र मूल्यलाई निरर्थक बनाइयो ।

४. संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको छ । 

५. १४औँ महाधिवेशनसम्म आइपुग्दा अनेक प्रपञ्च भोगेको छु ।

Logo