शेखर कोइरालाद्वारा सभापतिमा मनोनयन दर्ता, पाए गगन, मिनेन्द्र, चन्द्र र धनराजको साथ

शेखर कोइरालाद्वारा सभापतिमा मनोनयन दर्ता, पाए गगन, मिनेन्द्र, चन्द्र र धनराजको साथ

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि डा.शेखर कोइरालाले सभापतिमा मनोनयन दर्ता गराएका छन्। कोइरालाले युवा पुस्ताका नेताहरूलाई टिममा राखेर प्यानल खडा गरेका हुन्।

शेखरको टिममा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र डा.मिनेन्द्र रिजाल, सहमहामन्त्रीमा बद्री पाण्डे, रामकृष्ण यादव, कमला पन्त, जीवन परियार, देवराज चालिसे, विकास लामा, तेजुलाल चौधरी र शेख वकिल समेटिएका छन्।

शेखरले कांग्रेसका चर्चित युवा नेताहरू समेटेका छन्। उम्मेद्वारी दर्ता गरेपछि शेखरले सहमतिकै टिम बनाएके दाबी गरे। 

Logo