प्रधानमन्त्री देउवाद्वारा सभापति पदका लागि उम्मेदवारी दर्ता

प्रधानमन्त्री देउवाद्वारा सभापति पदका लागि उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले यो दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रधानमन्त्री देउवा आफ्ना सारथीहरूसहित महाधिवेशन प्रक्रिया चलिरहेको राष्ट्रिय सभागृहमा पुगी अपराह्न साढे ४ बजे उम्मेदवरी दर्ता गराएका हुन् । उनी  सभागृह पुग्दा उनका समर्थक नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए ।

उनको साथमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा. नारायण खड्का, केन्द्रीय सदस्य रमेश लेखकलगायत नेताहरू सभागृह पुगेका थिए ।

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि मनोनयन दर्ता जारी रहेको छ । यसैगरी उपसभापतिमा दिव्यश्वरी शाह, महामन्त्रीमा डा. प्रकाशरण महत, डा. राजाराम कार्की र प्रदीप पौडेलले पनि मनोनयन दर्ता गराएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

Skip This
Skip This
Logo