एमालेको १०औं महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटीको आजको बैठक सकिएको छ।
भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीको हलमा भएको बैठकबाट पुस २३ गते जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको छ। माघ र फागुनमा पार्टी विस्तार गर्ने निर्णय बैठकले गरेको छ।
आजको बैठकमा महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय कमिटीलाई बधाई पत्र वितरण गरेको छ। साथै महाधिवेशनको संक्षिप्त समीक्षा पनि गरिएको छ।
मुलुकलाई सही दिशामा लैजाने जिम्मेवारी नेकपा एमालेको रहेको र सोही अनुसार कार्य योजना बनाएर अगाडि बढ्ने नेता प्रदीप ज्ञवालीले बताएका छन्। उनले १०औं महाधिवेशनले मुलुकलाई नयाँ सन्देश दिएको विश्वास व्यक्त गरे।































प्रतिक्रिया